एमसिसीमा देउवाको दौडधुप, पार्टी र सरकारमा छलफल तीव्र

  • माघ २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) परियोजना टेबुल गराउने प्रयासमा सक्रिय भएका छन् । 

उनले ‘जसरी पनि’ एमसिसी संसद्मा टेबुल गराउन पार्टी र सरकारभित्र आन्तरिक तयारी तीव्र बनाएका हुुन् । 

यसक्रममा देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेतामात्र होइन, आफ्नै दल नेपाली काङ्ग्रेस नेताहरूसँग पनि आन्तरिक छलफल गरिरहेका छन् ।

उनले केहीबेरअघि आफ्नै दलका नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र बडू, पुष्पा भुसाललगायतसँग एमसिसीबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । 

छलफलका लागि देउवाले ती नेतालाई बालुवाटार बोलाएका थिए । देउवाले एमसिसी टेबुल गराउने वातावरण तयार गर्न नेताहरूलाई निर्देशन दिएको सहभागी एक नेताले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved