सुन्दरहरैचामा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको विरोध

  • माघ २१, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिने उद्धेश्यले  प्रतिपक्षी नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले मोरगंको सुन्दरहरैंचामा प्रर्दशन गरेको छ ।

   सत्तारुड गठनबन्धन  स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेष्ठ ५मा सकिदै गर्दा समेत निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको भन्दै एमालेका भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुन्दरहरैचाको संयुक्त आयोजनामा दवाव कार्यक्रम गरिएको हो ।

   स्थानीय तहको निर्वाचनको मिति घोषणा साथै पेट्रोलियम पद्धार्थ लगायतको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको दवावमुलक कार्यक्रममा सरकार विरोधी नारा लगाउदै प्रदृशन गरिएको थियो । नाराजुलुसपछि विराटचौकमा आयोजित कोणसभामा बोल्ने बक्ताहरुले निर्वाचनको मिति तत्काल घोषणा गरिनु पर्ने , मुल्यवृद्धि फिर्ता लिनु पर्ने लगायतका माग राखेका थिए ।

कोणसभामा नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य सन्तोष वान्तवा, सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल, राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सदस्य प्रविण घिमिरे सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझी अनेरास्ववियुका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले सरकारको गठवन्धन सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved