मोरङ र ललितपुरमा तीन व्यवसायीको हत्या : पक्राउ परेका तीनै जनालाई गरियो सार्वजनिक

  • माघ २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । तीन व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो । सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो ।

उनीहरुले सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ, सप्तरीका शम्भुकुमार चौधरीको हत्या गरी मोरङको उखुबारीमा गाडेको अवस्थामा माघ १३ गते शव फेला परेको थियो । तेह्रथुमका मोहन लिम्बुको शव बिहीबार साँझ ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेंचोमा गाडीएको अवस्थामा फेला परेको थियो ।

हत्याका मुख्य योजनाकार मण्डल र मारिएका तीन जना एउटै समूहमा व्यवसाय गर्थे । व्यवसायको रकम एकलौटी पार्नका लागि मण्डलले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । गत माघ १३ र १४ गते मोरङको धनपालथन गाउँपालिका-७ को उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुई जनाको हत्या तुलसीपुर-घोराही फोरलेन सडकसँग सम्बन्धित रहेको पाइएको छ । हत्या गरि उखुबारीमा शव गाडिएका शम्भु चौधरी तुलसीपुर-घोराही फोरलेन सडकका नयाँ ठेकेदार भएको पाइएको छ ।

१ अर्ब ३५ करोड लागतको उक्त ठेक्का शम्भु चौधरी लगायतका समूहले हाल सालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डे लगायतको समूहबाट लिएको दाबी गरिएको छ । ठेक्का लिँदा शम्भुको समूहले पाण्डे समूहलाई करिब ५ करोड रुपैयाँ बुझाइसकेको बताइएको छ । शम्भुको समूहले तुलसीपुर-घोराही सडकखण्ड निर्माणका लागि बैंक ग्यारेन्टी राख्नका लागि जग्गाको समेत खोजी गरिरहेका थिए । त्यही क्रममा उनको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved