कोरोना भाइरसका कारण चीनमा मात्र ४९२ जनाको मृत्यु

  • माघ २२, २०७६
  • कालापानी मिडिया
alt

२२ माघ, एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ । बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस भाइरसबाट २४००० मानिस प्रभावित भएका छन् । गत डिसेम्बरदेखि चीनमा कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको हो । यस भाइरसकको संक्रमण विश्वका अन्य देशमा समेत फैलिएको छ । कोरोना भाइरस संक्रमणबाट हङकङ मा एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ ।

डब्लुएचओ के भन्छ ?

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।

डब्लुएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरे। प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो।

जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममाुसरकारी कमजोरी र अपूर्णता पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसङ्घीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो। चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।
जिनिभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लुएचओको सुझाव विपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved