मधेसमा हावाहुरी : ३ जनाको मृत्यु, प्रदेशसभा वार्षिकोत्सव समारोह स्थगित

  • माघ २१, २०७८
  • कालापानी मिडिया
alt

धनुषा / हावाहुरी कारण मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी  एक महिला रहेकी छन् ।    

धनुषाको सबैला नगरपालिका  १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । दुवै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको उनले बताए ।

त्यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा हावा हुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।  मृतक फुलमतिया देवीको घरमा रहेका बाख्रा समेत मरेका छन् । हावा हुरीका कारण मधेश प्रदेशसभाको चौथो वार्षिकोत्सव समारोह समेत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved