गर्भवतीको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ, गाडिएको शव प्रहरीले निकाल्यो

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

कपिलवस्तु । कपिलवस्तु प्रहरीले गर्भवती महिलाको हत्या आरोपमा उनका श्रीमान र ससुरालाई पक्राउ गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ सिंहखोरकी २१ वर्षीया रहिसुन्निसा मुसलमानको हत्या गरी शब गाडेको अवस्थामा प्रहरीले शुक्रबार फेला पारेको हो । उनी दुई महिनाकी गर्भवती रहेको बताइएको छ ।

बिहीबार बेलुका रहिसुन्निसालाई झुण्ड्याएर मारेको र भोलिपल्ट शुक्रबार गाडेर सदगत गरिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिंदै अनुसन्धान थालेको थियो । यस क्रममा ती महिलाका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो कमाण्डमा प्रहरीको टोली पुगेर लास उत्खनन गरेको हो । ‘पोस्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा फोरेन्सिक विज्ञ नभएकाले शव लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाइएको छ’, उनले भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved