रामकृष्ण हुमागाईं कांग्रेस छोडेर फरि एमालेमा फर्किए

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

ललितपुर /ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उनले टिकट नपाउदा असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।

बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved