लागुऔषधसहित भ्लगर चेतन कार्की पक्राउ

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

सिन्धुली । युट्युव कन्टेन्ट क्रियटर (भ्लगर) चेतन कार्की लागूऔषध सहित पक्राउ परेका छन् ।सिन्धुली प्रहरीले उनले चलाईरहेको सवारी साधनमा लागुऔषध भेटेपछि पक्राउ गरेको हो । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मोडिफाइड गरिएको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम खैरो हेरोइन तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ । कैलालीमा जन्मेका कार्की ललितपुरको पुलचोकमा बस्दै आएका थिए । उनी म्यूजिक प्रोड्यूसर पनि हुन् ।

यसअगाडि पोखराबाट ब्राउन सुगर कारोबार गर्दैगर्दा चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved