सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य २५ जनाको उपचार भइरहेको काभ्रेका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ। बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए। मृतकमध्ये पाँचजनाको सनाखत भएको छ।

इन्द्रावती ९ का हिरा श्रेष्ठ,  सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको काफ्लेले बताए। उनका अनुसार अन्य एकजनाको भने सनाखत हुन सकेको छैन।

दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved