प्रदेश १ मा नयाँ मन्त्रीको नाम फाइनल, आजै सपथ

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश १ सत्तारूढ गठबन्धनले सरकारमा थपिने  मन्त्रीको नाम फाइनल गरेको छ । मन्त्रीको आजै सपथ ग्रहण गर्ने तयारी छ ।आज  नेकपा एकीकृत समाजवादी नेपाली काङ्ग्रेसबाट ३—३ र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन् ।

माओवादी केन्द्रबाट रामकुमार राई, झलकिसंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजबादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् ।

नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश  हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ ।

प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरि १२ बनाइएको थियो । तर भागबन्डा नपुगेपछि पुन मन्त्रालय फुटाएर १३  बनाएको छ ।स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो । सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved