खाद्य प्रविधि कार्यालय अन्यन्त्र सार्दा करोडौंको उपकरण खेर जान्छ : रिजाल

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँको उपकरणहरु खेर जाने भएकोले अरु ठाउँमा नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग्रह गरेका छन् । प्रदेश १ सरकारले उक्त कार्यालय रहेको भवनमा कुनै एउटा मन्त्रालय राख्ने तयारी गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले करोडौँ मूल्यका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरेको र यहाँबाट अन्यत्र सार्दा उपकरणहरु खेर जाने बताए । कार्यालयमा दोस्रो त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा उनले केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नुहने बताए ।

खाद्यको प्रयोगशालमा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरेको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तर्राष्ट्रियस्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवनको स्वरूप प्रयोगशालालाई मध्यनजर गरेर अत्याधुनिक उपकरणहरूको आवश्यकता अनुसार डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सामान्य तथा रोगकीरा सुक्ष्म जीवाणुको विश्लेषण गर्ने स्थल तथा उपकरणहरूको व्यवस्था मिलाइएको उनले बताए ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । भोली मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्नसक्नेतर्फ रिजालले सचेत गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुने उनले प्रष्ट पारे । करोडौं मूल्यका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको उनको भनाइ छ । ‘युरोपियन युनियनको सहयोगमा आएका उपकरणको स्थायी जडान गरिएको छ । अन्य भवनमा उपकरण जडान गर्न र प्रयोगशाला सञ्चालन गर्नै मिल्दैन । यो धेरै संवेदनशील प्रयोगशाला हो’, उनले भने, ‘प्रयोगशाला आवासीयस्थलभन्दा छुट्टै स्थानमा हुनुपर्दछ । त्यसैले हामीले उपचारका लागि चाहिने संरचना समेत हालको स्थानमा जडान गरिसकेका छौँ ।’

हाल कायम रहेका ७ मन्त्रालयलाई फुटाएर १२ पु¥याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम सुरु भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग गर्न सक्ने भएकोले कार्यालय प्रमुख रिजालले सचेत गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved