कोशी अस्पतालभित्र ७१ शैय्याको बर्थिङ सेन्टर सञ्चालन

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र ७१ शैय्याको बर्थिङ सेन्टर संचालनमा आएको छ । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भित्र बर्थिङ सेन्टर संचालनमा आएको हो ।

बर्थिङ सेन्टरबाट सम्पूर्ण प्रकारको प्रसुती सेवाहरु प्रदान हुनेछ । बर्थिङ सेन्टरबाट शल्यक्रियादेखि सामान्य तरिकाले प्रसूति गराउने अस्पतालले जनाएको छ । यसअघि जिर्ण र पुरानो भवनबाट प्रसूति सेवा प्रदान गरिँदै आएको थियो । अहिले सुविधा सम्पन्न भवनबाट सेवाप्रभाव गरेपछि विरामीको उपचारमा सहजता हुने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘पुरानो भवन जीर्ण र फोहोर थियो । पर्याप्त बेडहरु पनि थिएनन् । सेवा प्रवाह पनि चुनौतीपूर्ण र कठिन थियो,’ उनले भने, ‘तर, अब त्यो समस्याको हल भएको छ । अब नयाँ भवनबाट विरामीलाई सेवा प्रवाह गर्नेछौं ।’

अमेरिकी सेनाको सहयोगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएको हो । उक्त बर्थिङ सेन्टरको आज एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको उक्त बर्थिङ सेन्टर हप्तादिन भित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरमा ७१ बेडका साथै अन्य सम्पूर्ण अत्याधुनिक सेवा सुविधाहरु उपलब्ध छन् । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल ८ जना बिशेषज्ञ डाक्टरहरु छन् ।

सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालले जनाएको छ । दुईतलाको संरचना रहेको मोरङ बर्थिङ सेन्टरको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर १.२ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँ बढीको लागतमा उक्त बर्थिङको निर्माण कार्य सम्पन्न भएको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.का निर्देशक खेमराज खनालले बताए । बर्थिङ सेन्टरमा हाल २ वटा अपरेसन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटरलगायतका सुविधाहरु छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved