भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन

कोरोना पोजेटिभसँगै अस्पतालमा उपचाररत मंगेशकरको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको अस्पतालद्वारा पुष्टि

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा आज विहान निधन भएको हो ।

९२ वर्षीया मंगेशकरको विगत दुई सातादेखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । तर आज उनको निधन भएको हो । उनको निधनले सिंगो भारत शोकमा डुवेको छ भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि लगाएतका शीर्ष नेता, गायक तथा कलाकारहरुले समवेदन ब्यक्त गरेका छन् ।

लता मंगेशकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् । मंगेस्करले ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी छिन् । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved