प्रदेश १ मन्त्रिमण्डल विस्तारमा कांग्रेस इतरपक्षको असन्तुष्टि

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश १ मन्त्रिपरिषद् विस्तारका क्रममा सत्तारूढ कांग्रेससभित्र असन्तुष्टि बढेको छ । संस्थापन पक्षले एकलौटी गरेको भन्दै संस्थापन इतरपक्ष असन्तुष्ट बनेको हो ।

पार्टी भित्रको असन्तुष्टि आइतबार मन्त्रीहरुको सपथग्रहणका क्रममा पनि देखियो । प्रदेश १ सरकारमा थपिएका आठ मन्त्रीको सपथग्रहणमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की सहभागि भएनन् ।कांग्रेससबाट थपिएका तीन जना देउवा पक्षका हुन् ।

आइतबार नेपाली कांग्रेसका तीनसहित नेकपा एसका ३ र माओवादी केन्द्रका २ मन्त्री थपिएका थिए ।मन्त्रीमण्डल विस्तारमा डाक्टर शेखर कोइराला पक्षबाट समावेश नगरेका कारण मन्त्री कार्की सहभागि नभएको बुझिएको छ । सपथ ग्रहण कार्यक्रममा सहभागी नभएका मन्त्री कार्की नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ख को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved