काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।
राति प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश-१ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved