मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले चार महिना अगाडीदेखि श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापागाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।
गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरे पनि अहिलेसम्म केही पत्ता लागेको छैन । घरमा दुई वटा छोरा छन्, उनीहरूको बिचल्ली भएको छ ।’
माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनीहरूको एउटा चार वर्ष र अर्को ६ वर्षको छोरा भएको उनले जानकारी दिए । उनले श्रीमती तास खेल्ने र आफूले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए ।
असोज ३० गते चापागाउँबाट हराएर एक हप्ता पछाडि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफूलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफूलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे ।
‘चाँडै नै घर आउँछु भनेको बुढी आजसम्म पनि फर्केकी छैन । उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो । अरू मलाई केही चाहिएको छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved