कार र पैसा लुटियो भनेर प्रहरीलाई झुटो सूचना दिँदा...

  • माघ २७, २०७८
  • कालापानी मिडिया
alt

धनुषा / धनुषामा कार र रुपैयाँ लुटिएको भनेर झुटो जानकारी दिएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका  साथी आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

काल्पनिक घटनाको निवेदन दिएर प्रहरीलाई हैरानी परेसानी तथा गालीगलौज गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे  मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा. १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको २ लाख रुपैयाँ लुटपाट गरेको भनी इलाका प्रहरी कार्यालय (धनुषाधाम) मा टेलिफोनमार्फत जानकारी गराएका थिए। 

तत्कालै प्रहरी टोलिले खोजी सुरु गरी सोही राति श्रवणलाई नियन्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए। त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा नलुटिएको तथा रिसइबीका कारण श्रवणलगायतले लुटपाट गरेको आरोपको झुटो सूचना प्रहरीलाई दिएको स्वीकार गरेका छन्। 

झुटो सूचना दिएर प्रहरी कर्मचारीहरूलाई हैरानी परेसानी, गालीगलोज गरेकाले दुवै जनालाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए। उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय (धनुषा) बाट १० दिनको म्याद थप गराई अनुसन्धन गरिरहेको उनले बताए।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved