एजेन्सी । अस्ट्रेलियामा यौन दुव्र्यवहारबाट पीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।
ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् ।फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुव्र्यवहारको गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए ।
सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved