बिराटनगर महानगरकाे बेथिती : पोलमा गमला राख्न मन्त्री र मेयरको प्रतिस्पर्धा : प्रतिफल शून्य

  • माघ २७, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । सस्तो लोकप्रियताका लागि राजनीतिक व्यक्तिहरूले केसम्म गर्छन् ? सहजै उत्तर आउँछ, जे पनि गर्छन् । यसको एक उदाहरण हो, विराटनगरको मेनरोडमा राखिएका गमला ! 

महानगरपालिकाले मेनरोडका पोलमा राखेकामध्ये धेरै गमला अहिले हराइसकेका छन् । भएका गमलामा पनि फोहोर र सुकेको झारमात्रै देखिन्छ । महानगरले तीनपैनी चोकदेखि ट्राफिक चोकसम्म सडकको दुवैतिरका पोलमा फूलसहितको गमला राखेको थियो ।

यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत केदार कार्कीले डिएसपी रोडदेखि झण्डै सातघुम्ती चोकसम्म फलामे पोलसहित राखेको गमलाको हालत पनि उस्तै छ । सहर सुन्दर बनाउने भन्दै राखिएका गमलाले थप सौन्दर्य बिगार्ने कामबाहेक अन्य केही गर्न सकेको छैन । 

पोलमा झुण्डिएका गमला हेर्दा लाग्छ, महानगरका प्रमुख भीम पराजुली र हालका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको पोलमा गमला राख्ने प्रतिस्पर्धा मात्रै हो । यसरी प्रतिस्पर्धाका लागि राखिएका गमलाले के प्रतिफल दिएको छ ? हेर्दै थाहा हुन्छ, प्रतिफल शून्य छ ।

जनताले तिरेको करबाट राखिएका गमलाले करकै मजाक उडाइरहेको छ । विराटनगरलाई सुन्दर बनाउने भन्दै महानगरका मेयर भीम पराजुली, उप–प्रमुख इन्दिरा कार्की र तत्कालीन प्रशासकीय अधिकृत एकदेव अधिकारीले मेनरोडका बिजुलीका पोलमा गमलासहित फूल राख्ने अभियानको उद्घाटन गरेकका थिए । 

उनीहरूले महानगरपालिका छिर्ने गेटछेउकै पोलमा गमला राखेर उद्घाटन गरेका थिए । तर अहिले उनीहरूले उद्घाटन गरेकै पोलमा गमला छैन । महानगरले विराटनगरको सोन्दर्य बढाउन भन्दै दुई वर्षअगाडि अर्थात २०७७ साल माघमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसँगको सहकार्यमा फूलसहितको गमला राख्ने अभियान सञ्चालन गरिएको जनाएको थियो । 

महानगरले राखेको गमलामा सुकेको झार 

तीनपैनी चोकदेखि ट्राफिक चोकसम्म लगभग एक सय पोलमा स्टेन्डसहित राखिएका गमला राखिएको दिनदेखि संरक्षाणको अभावमा छन् । धेरै गमला त अहिले पोलमा देखिँदैनन् । भएका गमलामा समेत अहिले सुकेको झार र फोहोरमात्रै देख्न सकिन्छ । 

यस्तै मन्त्री कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सडकको दुवैतर्फ ३६ वटा फलामे पोल गाडेर आफ्नो नामसहित गमला झुण्ड्याएका छन् । दुई वर्ष भयो पोलमा साङ्लीसहित गमला झुण्डिएका । जुन दिन गमला राखियो त्यस दिनदेखि संरक्षणमा ध्यान नदिँदा गमलामा सुकेको झारमात्रै देख्न सकिन्छ । यतिमात्र हैन, कतिपय गमला जीर्ण भएर धराप अवस्थामा पुगेका छन् । यसले जतिबेला पनि दुर्घटनाको जोखिम निम्त्याउन सक्ने खतरा छ । 

यो सामान्य काम हेर्दा मात्रै यस्तो लाग्छ । पराजुली र कार्कीले सस्तो लोकप्रियताका लागि गरेका अन्य कामको अवस्था कस्तो होला ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved