फिफा वरीयताममा नेपाल दुई स्थान माथि उक्लियो

  • माघ २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६७औँ स्थानमा पुगेको हो ।

अघिल्लो वरीयतामा नेपाल एक सय ६७औँ स्थानमा थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत एक सय चार औँ र माल्दिभ्स एक सय ५७औँ स्थानमा छन् ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन् । भुटान एक सय ८५औँ, बङ्गलादेश एक सय ८६औँ, पाकिस्तान एक सय ९७ औँ र श्रीलङ्का दुई सय चार औँ स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । ऊ लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा अर्जेन्टिना चौथो स्थानमा छ । 

त्यस्तै, पाँचौँमा इङ्ग्ल्यान्ड, इटाली छटौँ स्थानमा खस्किएको छ । स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र १०औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved