एमसीसी सम्झौता र मूल्यवृद्धिविरुद्ध झापामा प्रदर्शन

  • माघ २८, २०७८
  • कालापानी मिडिया
alt

झापा / नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेका छ ।शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो ।

झापाको विर्तामोड स्थित इलाम स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक हुँदै पुनः इलाम स्टेसनमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा प्रमुख वक्ता रहेका थिए ।

सभालाई बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, पार्टीका जिल्ला सदस्य जितु तामाङ लगायतले सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता अनुमाेदन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनिहरूले बताए ।

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै जिल्ला सचिव थापाले कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घाेष गरेका थिए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसीसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे ।

त्यस्तै सभालाई सम्बोधन गर्दै बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताए । उनले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितु तामाङले कांग्रेस, एमाले, माकेभित्रका दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताए ।

कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर !, राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै!, पेट्रोलियम पदार्थमा भएकाे मुल्यवृद्धि फिर्ता गर! जस्ता नारा लगाईएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved