आफ्नै आमा सौता बनेपछि छोरी मुद्धा हाल्ने तयारीमा

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

२३ माघ, एजेन्सी । करिब १५ बर्षअघि लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन्। उनले आफ्नो प्रेमीसंग विवाह गर्न पाएकी थिइन।

उनको खुसि यति हदसम्म थियो कि हनिमुनमा समेत उनले आमालाई साथै लगिन्। तर लारेनका लागी हनिमुनमा आमा लानु जिन्दगीको सबैभन्दा ठुलो भुल साबित भयो। खासमा नवविवाहित लारेनले आमालाई पनि आफु साथै हनीमुनमा लगेकि थिइन्। तर उनलाई आमा साथ लादा आफुलाई हुनसक्ने धोकाको बिषयमा अनुमान समेत थिएन।

हनिमुनमा संगै गएकी लारेनकी आमा जुली र उनका पति पल व्हाइट एकआपसमा निकै बोलचाल र हसिमजाक गर्दथे। तर लारेनले यस बिषयलाई कहिल्यै गम्भिरतापुर्वक लिइनन्। तर तिनै आमाले आफ्नी छोरीलाई धोका दिदै उनका पति पलसंग पोइला गइन्।

खासमा लारेन १९ बर्षकी हुदाँबाटै पल ब्हाइटसंग लिभिङ टुगेदरमा थिइन्। सन् २००४ मा यी दुईको एक सन्तान पनि भएको थियो। त्यसपछि दुबैले विवाह गर्ने सोच बनाए र विवाह गरे पनि। उनीहरुको विवाहमा लारेनकी आमा जुलीले करीब २४ लाख रुपैयाँ खर्च गरेकि थिइन्। तर विवाह भएको ८ हप्ता नबित्दै लारेनकी आमाले ज्वाइँ नै भगाइन्।

लारेन पल आफ्नी आमा जुलीसंग रहदै आएको कुरा सुरुमा पत्याउनै सकिनन्। तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए। सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे।

आफ्नी आमा र पूर्वपतिको विवाहमा लारेन पनि सामेल थिइन्। यो घटनाको १३ बर्ष बितिसकेको छ। हालसालै जुलीले चौथो सन्तानलाई जन्म दिएकी छन्। तर लारेन अझै आफ्नी आमाको कर्तुतबाट खुसि छैनन्। हालै उनले यस बिषयमा कानूनी सहायता माग्ने निर्णय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved