डब्ल्यूएचओ भन्छ : केही महिनामै कोरोना महामारी अन्त्य हुन सक्छ

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना रहेको बताएको छ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७० प्रतिशत मानिसले कोरोना खोप लगाएको अवस्थामा आगामी जुनदेखि जुलाईसम्ममा कोरोनाको कठिन चरण समाप्त हुने बताएका हुन्। 

शुक्रबार दक्षिण अफ्रिकामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गेब्रेयेससले भने, ‘यदि ७० प्रतिशतलाई खोप लगाउन सकियो भने कठिन चरण साँच्चै नै अन्त्य हुन सक्छ र यो हाम्रो अपेक्षा हो। यो हाम्रो हातमा रहेको कुरा पनि हो। यो सम्भावनाको कुरा होइन, यो छनोटको कुरा हो।’ 

उनले दक्षिण अफ्रिकाले बनाइरहेको नयाँ प्रविधिको सस्तो कोरोना खोपले महामारी नियन्त्रणको लागि थप सहयोग गर्न सक्ने बताएका छन्।

यसअघि डब्ल्यूएचओकी अफ्रिका प्रमुखले अहिले अफ्रिका कोरोना महामारीबाट बाहिर आउने प्रयासमा रहेको बताएकी थिइन्। 

अफ्रिकामा अहिले केवल ११ प्रतिशत मानिसले मात्र कारोना खोप लगाएकाले महामारीबाट बाहिर आउन अफ्रिकामा कोरोना खोप अभियान ६ गुणाले बढाउनु जरुरी रहेको डब्ल्यूएचओले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved