युवाको विषयलाई समेटेर तयार पारीएको अवधारणापत्र सार्वजनिक

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

नेपाल युवा विकास केन्द्र इटहरीका पूर्वअध्यक्ष तथा राष्ट्रिय युवा नीति पुनरावलोकन तथा यूथ भिजन २०२५ कार्यदलले इटहरीमा युवाको विषयलाई समेटेर अवधारणापत्र सार्वजनिक गरेको छ ।
 
युवा विकास केन्द्रका अध्यक्ष का अनुसार संस्थाका संस्थापक अध्यक्ष अरुण खड्काले प्रदेश १ का सांसदहरुलाई जानकारी गराउने उद्देश्यसहित अवधारणा प्रस्तुत गरिएको बताए । कार्यक्रममा सांसद उमिता बिक ,बलबहादुर सास्सुहाङ,कुमारी साम्बाको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारपनि प्रदेश यूवा परिषद् गठनको प्रक्रियामा रहेको बताए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा सांसदहरुले पनि देश विकासको प्रमुख मेरुदण्ड युवा भएको हुनाले युवा परिषद् वा युवाहरुको लक्षित कार्यक्रम सम्बन्धी नीति निर्माण गर्ने कार्य महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा युवा परिषद सुनसरीका अध्यक्ष हर्कजंग एभेन लिम्बूले सहभागीहरुले राखेको जिज्ञासाका बारेमा उत्तर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved