आइपिएलमा बिकेनन् सन्दीप

  • फाल्गुन १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटको मेगा अक्सनमा परेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने ‘अन्सोल्ड’ भएका छन् । बैङ्गलोरमा भएको आइपिएलको अक्सनमा सन्दीपलाई कुनैपनि टिमले बोली लगाएनन् ।

अक्सनमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारतीय रुपैयाँ (भारु) तोकेका थिए । मेगा अक्सनका लागि नेपालका १४ जना खेलाडीले नाम दर्ता गराएपनि मेगा अक्सनमा सन्दीपको मात्र नाम छनोट भएको थियो । तर उनी यसपटक पनि बिकेनन् । 

आइपिएल २०२२ को प्लेअर अक्सनका लागि कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट १५ खेलाडीको नाम रहेको थियो । आइपिएलका लागि नेपालबाट कप्तान लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।

अहिलेसम्म नेपालबाट कप्तान सन्दीपले मात्र आइपिएल खेलेका छन् । सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए । दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारुमा अनुबन्ध गरेको थियो ।

सन्दीपले तीन सिजन खेल्दा कुल ९ खेलमा १३ विकेट लिएका थिए । तर सन् २०२१ को अक्सनमा उनी बिकेका थिएनन् । अब, आज पनि मेगा अक्सन हुनेछ । आइपिएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । आइपिएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved