झापाको काँकडभिट्टामा आगलागी, दमकल नपुगेपछि स्थानीयवासी आन्दोलित

  • फागुन १, २०७८
  • कालापानी मिडिया
alt

झापा । झापाको मेचीनगर ६ काँकडभिट्टा स्थित एक घरमा आगलागी भएको छ । स्थानीय पत्रकार खगेन्द्र घिमिरे दिएको जानकारी अनुसार मेचीनगर ६ काँकडभिट्टाको साठ्ठि बिघास्थित पासाङ तामाङको घरमा आगलागी भएको हो ।

आगलागी हुँदा घरमा रहेका दुई वटा ग्याँस सिलिन्डर पड्किएका छन् भने उक्त आगो सल्केर अन्य दुई घरमा समेत क्षति पुर्‍याएको छ । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीको कारण खुल्ने नसेकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिल सिंह दाहालले केटिएम दैनिकलाई बताए ।

मेचीनगर नगरपालिकाको दमकल नपुग्दा स्थानीयबासीहरूले सडक बन्द गरेर नगर प्रमुख र उपप्रमुखका विरुद्ध आन्दोलन गरिरहेको पत्रकार घिमिरेले बताए । उनीहरूले सडकमा टायर बाल्दै जुलुस निकालेका हुन् ।

लामो समयदेखि बिग्रेको मेचीनगर नगरपालिकाको दमकल मर्मत गरेर सञ्चालनमा आएको भए तापनि हिजो उक्त नगरपालिकामै रहेको एक चाउचाउ उद्योगमा लागेको आगो निभाएर फर्कने क्रममा चारआली बजारनजिकै पुनः बिग्रिएर थन्किएको छ ।

यसअगाडि काँकडभिट्टाकै एक जुत्ता उद्योगमा आगलागी हुँदा साढे आठ करोड मूल्य बराबरको क्षति भएको थियो । नगरपालिकाको दमकल बिग्रिएका कारण आगलागी नियन्त्रणमा लिन छिमेकी मुलुक भारतबाट समेत तीन वटा दमकल बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved