इटहरी । विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।
त्यसलगत्तै एक राउन्ड घुमाएर जहाज अवतरण गरिएको थियो । विमानमा भने कुनै क्षति भएको छैन भने यात्रुहरु पनि सबै सकुसल रहेका छन् । उक्त एयरलाइन्समा २७ जना यात्रु रहेका थिए । विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved