आज भ्यालेन्टाइन डे, नेपालमा पनि मनाइँदै

  • फाल्गुन २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे ‘प्रणय दिवस’ नेपाल लगायत  विश्वभर प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवसलाई लिइन्छ । युवायुवतीले प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गरेका छन् । 

युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वासबाट भ्यालेन्टाइनस डे मनाउन थालिएको विश्वास गरिन्छ । 

को हुन भ्यालेन्टाइन ? 

तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो।

राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो। त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।

भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन्। र, आज के विश्वास गरिन्छ भने त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको सङ्केतको रूपमा लिइन्छ । 

यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved