कानेपोखरीमा बलात्कारको अनौठो घटना, ११ बर्से बालकमाथि अनुसन्धान

  • फाल्गुन २, २०७८
  • कालापानी मिडिया
alt

कानेपोखरी । मोरङको कानेपोखरीमा बलात्कारसँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । कानेपोखरी गाउँपालिका–५ मा ११ बर्से बालकले ६ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना बाहिर आएको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार खेल्ने क्रममा बालकले छिमेकीको घरमा लगेर शनिबार दिउँसो बालिकालाई बलात्कार गरेको जानकारी प्रहरीमा आएको थियो ।

प्रहरीले साँझतिर बालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ । बलात्कारबाट पीडित भनिएकी बालिकाको यौनाङ्गमा चोटपटक पनि लागेको प्रहरीले जनाएको छ । जिसीले बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको बताए । अभिभावकले प्रहरीलाई जानकारी दिनेवित्तिकै घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको उनको भनाइ छ । उनका अनुसार घटनाका बारेमा थप कुरा बुझ्ने र यकिन गर्ने काम भइरहेको छ ।

जिसीका अनसार बलात्कार पीडित बालिका तथा पीडक बालकलाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । बालिकाको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका बालकलाई बालसुधार गृहमा राखेर घटनाको अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । कानुन अनुसार कुनै पनि अपराधमा बालबालिकाको संलग्नता देखिएमा बालसुधार गृहमा राखेर घटनाको अनुसन्धान गर्नुपर्ने हुन्छ ।

अपराधमा संलग्न १० वर्षमुनिका बालबालिकालाई कानुनी कारबाही गर्न मिल्दैन । १० वर्षभन्दामाथिकालाई भने कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको छ । जिसीले ११ वर्षीय बालक बलात्कारमा संलग्न भएको घटना अनौठो भएको बताए । ‘यो घटनाले आश्चर्य चकित बनाएको छ,’ उनले भने, ‘हाम्रो समाजमा यस्ता घटना निक्कै कम मात्रामा हुने गरेका छन् ।’ बलात्कार पीडित र पीडक भनिएकाहरु कलिलै उमेरका भएकाले घटनाको अनुसन्धानलाई लिएर धेरै विषयमा सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved