भ्यालेन्टाइन डे विशेष

पश्चिमाहरुले आफ्नो सँस्कृति जवरजस्त विश्वव्यापी रुपमा फैलाउन थोपारीएको मास्टर डिजाईन हो यो

  • फागुन २, २०७८
  • कालापानी मिडिया
alt

अनुपमा जोशी
कुनै पनि पर्व दिवस तथा चाडबाँड मनाउनु भन्दा पहिले त्यसको बारेमा बुझ्नु जरुरी होला । जुन दिन हामीले विशेष भनेर मानी रहेका छौ, मनाइ रहेका छौ, त्यो दिन किन बिशेष भयो भन्ने नबुझिकनै हामीले कतपय दिनहरुमा रमाउने गरेका छौ । मलाई लाग्छ यतिवेला युवायुवतीहरुले एक सातादेखी रोज, प्रोमिस लगायत कुन्नि के के डे भन्दै फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे भन्दै मनाइ रहेका छन् । यहा सम्मकी पार्क, रेष्टुरेन्ट लगायतका स्थान खाली युवायुवतीको जोडीले भरीएको छ । सामाजीक सञ्जालका पानाहरु रंगिएका छन्, प्रणय दिवसको शुभकामना भनेर ।

कसैको जन्म दिनमा शुभकामना दिन आनाकारी गर्नेले पनि म्यासेन्जरमा ह्याप्पी भ्यालेन्टाइ डे भनेर टुङ टुङ घण्टी बजाइ रहेका छन् । युवा युवतीको त के कुरा आफ्ना बाबु समानका व्यक्तिले पनि यहि एसएमएस पठाउन पछि परेका छैनन् । त्यसैले मलाई भ्यालेनटाइन डे भनेको के हो भनेर बुझ्दै नबुझि भ्यालेन्टाईन डे भन्दै उफ्रेको देखेर अचम्म लागेर आयो ।

सबैलाई हेक्का रहोस सेन्ट भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको दिन सम्झिदै शोक ब्यक्त गर्ने दिन हो भ्यालेन्टाईन डे । मान्छे मारेको दिनलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्दै खुसी ब्यक्त गरेर किन उफ्रिनु परेको हो कुन्नि ? खेसु धर्म मान्नेले मारेको मान्छे सम्झने दिनमा भ्यालेम्टाईन डे भन्दै हामी किन बुरुक बुरुक उफ्रिनु प¥या ? भ्यालेन्टाईन डे सेन्ट पादरीले साँचोमाया गर्ने जोडीहरुका लागि दिएको योगदानको कदर हो । तत्कालीन रोमका सम्राट क्लाउडियसको मान्यता थियो कि युवायुवतीमा प्रेम संम्वन्ध रहयो भने शैन्य शक्ति कमजोर हुन्छ । र, आफ्नो शासन सत्ता कमजोर हुन्छ । त्यसकारण उनले आफ्नो सत्ताको दुरुपयोग गरि युवायुवतीका विचमा प्रेम संम्वन्ध रहनु गैरकानुनी हो भन्दै उर्दी जारी गरेका थिए ।

चोखो मायामा ईश्वरको साथ हुन्छ भन्ने मान्यता राख्ने पादरी सेन्ट भ्यालेन्टाईनलाई यो कुरा मन परेन । फलस्वरुप सम्राट क्लाउडियसको आदेशको अवज्ञा गर्दै भ्यालेन्टाईनले प्रेम संम्वन्धमा रहेका युवायुवतीलाई मिलाउनु धर्म ठानेर ईश्वरको साथ सम्झी लुकिछिपी मिलाउने काम गरे। समय वित्दै जादा सम्राटलाई थाहा भयो र सम्राट क्लाउडियसको आदेशको अवज्ञा गरेको कसुरमा पादरी सेन्ट भ्यालेन्टाईनलाई गिरहप्तार गरी इसापुर्व २७० को फेबु्रअरी १४ मा मृत्युदण्ड दिए। उनै पादरीको संम्झनामा मिलन भएका युगल जोडीहरुले उनको आत्माको चिरशान्तिको कामना गर्दै संम्मान गर्न थाले ।

यसरी सुरुवाती कालमा फेव्रअरी १४ भ्यालेन्टाईनले प्राण त्याग गरेको दिनलाई संम्झना गर्न थालियो र पछिल्लो समय यसैलाई विशेष उत्सवको रुपमा समेत मनाउन थालियो । केही सिमित युगल जोडीहरुको प्रेममिलन गरिदिएता पनि त्यो समयको कानुन अनुसार उनी अपराधी थिए ।

अच्चमको कुरा ! हामी फेव्रअरी १४ लाई किन उत्सवको रुपमा मनाउन्छौ पादरीले प्राण त्याग गरेको उपलक्ष्यमा या प्रेमको मिलन भएको उपलक्ष्यमा ? युगल जोडिको मिलन भएको संम्झनामा हो भने १४ फेव्रअरीमा भ्यालेन्टाईन लाई मृत्युदण्ड दिईएको थियो कुनै संम्मान होईन। यदी, पादरीको मृत्युदण्ड दिईएको उत्सव मनाइएको हो भने किन पुष्पराज रातो गुलावको प्रयोग गरिन्छ । शोकको प्रतिक सेतो गुलाव होइन र ?

पश्चिमाहरुले आफ्नो सँस्कृति जवरजस्त विश्वव्यापी रुपमा फैलाउन थोपारीएको मास्टर डिजाईन हो यो । हामी अन्धभक्त भएर अनुशरण गरिरहनु आत्मसमर्पणवादको चरम पराकाष्टा हो । साँच्चै हिन्दुसंस्कारमा रहेर प्रेम दिवस मनाउने हो भने न्याय माया ममता प्रेमकी खानी सरस्वती देवीको पुजाको दिन प्रेम दिवस मनाउनु हो । नारी स्वतन्त्रता भनेको छोटा कट्टु लगाएर हिडडुल गर्न पाउनु नभएर आफ्ना विचार स्वतन्त्र भएर बल्न वा राख्न पाउनु भए जस्तै धार्मिक स्वतन्त्रता भनेको विदेशी संस्कृतिको भारी नवोकी आफ्ना मौलिक सँस्कृतिको रक्षा गर्नु पनि हो । त्यसैले आफ्ना संस्कृतिको जगेर्ना गरौ । नकी पश्चिमा संस्कृतिको ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved