सुनसरीमा एमसिसि बिरूद्ध नेकपा समाजवादिकाे प्रदर्शन

  • फाल्गुन २, २०७८
  • कालापानी मिडिया
alt

रामधुनीः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।

विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’

IMG_20220213_142344

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता तत्काल फिर्ता हुनुपर्ने नभए आफ्नो पार्टीले शसक्त प्रतिकार गर्ने उनले बताए ।
विरोध प्रदर्शनमा पार्टी पोलिटब्यूरो सदस्य धर्मराज निरौला, पोलिटब्यूरो सदस्य एवं पार्टी जिल्ला इन्चार्ज महफुज आलम, केन्द्रीय सदस्य तथा सह–इन्चार्ज केशव तिम्सिना, जिल्ला अध्यक्ष गोविन्द निरौला लगायत विभिन्न नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved