म्याजिक भेनको ठक्करबाट दुहवीमा पैदल यात्रीको मृत्यु

  • फागुन ३, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको दुहवी नगरपालिका–८ मा म्याजिक भेनले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना १ ज ३०५१ नम्बरको म्याजिकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर दुहवी–८ का ५० वर्षीय रमेश लुहागुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परेर सोमबार साँझ ७ः३० बजेतिर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराटनगर अस्पताल एवम् विराट नर्सिङ होममा आज (मङ्गलबार) बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो । पैदल यात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

म्याजिक र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३५ वर्षीय टङ्कराज गिरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved