सप्तकोशी बैंक घोटाला प्रकरण : थप एक कर्मचारी पक्राउ, एक दर्जन प्रतिवादी

  • फागुन ३, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको करोडौं हिनामिना प्रकरणमा थप एक जना कर्मचारी पक्राउ परेका छन् । मोरङ प्रहरीले रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षीय होम प्रसाद पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल सप्तकोशी डेभलपमेन्ट बैंकका सेवा विभागका कर्मचारी रहेको बुझिएको छ । उनले बैंकको रकम हिनामिना सहयोग पु¥याएको आरोपमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बैंकका तत्कालिन सिइओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ । बैंकको रकम घोटाला गरेको आरोपमा यसअघि सिइओ सुवेदीसहित १४ पुसमा बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरि मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । यसअघि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । भट्टराई सिइओ सिइओ सुवेदीका भान्जा हो ।

बैंकिङ्ग कसुरमा मोरङ प्रहरीले पक्राउ परेका पाँच जनासहित १२ जनालाई प्रतिवादी बनाउने तयारी गरेको छ । बैंकको रकम घोटला प्रकणमा सहयोग पु¥याउने थप ७ जनालाई पनि प्रतिवादी बनाएर अदालतमा अभियोग तयारी गर्ने अन्तिम चरणमा पुगेको एक अनुसन्धान अधिकृतले बताए । ‘बैंकिङ कसुरमा पक्राउ परेका पाँच कर्मचारी र बैंकको रकम घोटाला प्रकरणमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउनेलाई पनि प्रतिवादी बनाउने तयारी गरिएको छ । सरकारी वकिलको कार्यालयसँग पनि राय लिने काम भइरहेको छ,’ अनुसन्धान अधिकृतले भने, ‘नियन्त्रणमा रहेका पाँच र ७ जनालाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग लैजाने तयारी गरिएको छ ।’ यो मुद्दामा प्रहरीले अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा पुर्याइसकेको छ । अबको एक हप्ता भित्रमा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरि अदालतमा अभियोग दर्ता हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved