इटहरी नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन - तस्वीरहरु सहित 

  • माघ २५, २०७६
  • कालापानी मिडिया
alt

इटहरी / इटहरी नमुना कलेज इटहरीमा समाजीक कार्य र आम संचार अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘पूर्व विद्यार्थी समाज गठन गरेको छ ।भेलाले इटहरी नमुना कलेजको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ अंशु अधिकारीको अध्यक्षतामा ‘ इटहरी नमुना कलेज पूर्व विद्यार्थी समाज गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा एलीना श्रेष्ठ , सचिव पुकार चौधरी , सह सचिब बिकल रेग्मी कोषध्यक्षमा प्रकास परीयार रहेका छन् । त्यस्तै सदस्यहरुमा एलीना कटवाल , नवल रिजाल लगाएत रहेका छन् । नव गठित समाजले इटहरी नमुना कलेज मा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर कलेजलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोति सहित कार्यक्रम गर्ने समाजका सचिव पुकार चौधरीले बताए ।

नवनिर्वा्चित अध्यक्ष अधिकारीले कलेजकोे चौतर्फी विकासका लागि भूतपूर्व विद्यार्थीहरुको सहयोग जुटाउन आफूहरु लागिपर्ने प्रतिबद्धता जनाइन । इटहरी नमुना कलेजले देशका लागी योग्य र दक्ष जनशक्ती बनाएको स्मरण गर्दै उनीहरुलाई विद्यालयप्रतिको दायित्व स्मरण गराउन समाजले भूमिका खेल्ने बताइन ।
त्यस्तै समाजले इटहरी नमुना कलेज इटहरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र संघ–संस्था, व्यवसाय वा कम्पनी सञ्चालक र कार्यरत कर्मचारी, जनप्रतिनिधि, लगायतको विवरण तयार गरी पुर्न मिलन को कार्यक्रम भव्यताको साथ आयोजन ागर्ने जानकारी दिएको छ । ‘पूर्व विद्यार्थीको सीप र क्षमता कलेजको विकासका लागि समाज गठन गरीएको हो ’, कलेजका अध्यक्ष केशव खडेकाले भने ‘पूर्व विद्यार्थीको सुझाव लिएर कलेजकोको शैक्षिक र भौतिक विकासको लागि गुरु योजना निर्माण गछौं ।’ कलेजबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीहरुको पहिचान गर्नु, विद्यार्थीहरुको वर्तमान अवस्थाका बारेमा जानकारी लिनु र कलेजका विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहभागिता गराउने लक्ष्य रहेको कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए । साथै समाजीक कार्य र आम संचार विषयको स्नातक तहमा नेपालमै उत्कुष्ट भएको भन्दै कलेजले विद्यार्थीहरुलाई ग्रयाजुएसन प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved