मुखको क्यान्सर : यस्ता छन् लक्षण, कारण र रोकथामका उपाय

  • फाल्गुन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मुखको क्यान्सरबाट बच्न सरकारले आग्रह गरेको छ । सुरुमै यसको पहिचान गरेर उपचार गरे ठूलो समस्याबाट बच्न सकिनेभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । मुखको क्यान्सरका लक्षण तथा चिन्हहरू यही नै हो भनेर यकिन गर्न नसकिए पनि साधारण लक्षणहरु भने हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मुखको क्यान्सरका लक्षण
फरक स्वाद, मुखमा दाग, धब्बा वा पत्र देखिनु, घाटीमा गिर्खाहरु देखा पर्नु, नदुख्ने वा दुख्ने घाउ आउनु, खटिरा देखिनु, अस्वभाविक रक्तस्राव हुनु, मसलादार खाना खाँदा पोल्नु, खान, निल्न, पिउन अप्ठ्यारो हुनु, घाउ तथा खटिराको आकार बढ्दै जानु, र्‍याल बढी आउनु मुखको क्यान्सरको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

मुखको क्यान्सरको कारण
मध्यपान, धुमपान, सुर्तीजन्य पदार्थको सेवन मुखको क्यान्सरको कारण भएको मन्त्रालयले स्पष्ट पारेको छ । मुखको समस्या, सूर्यको किरण, संक्रमण पनि मुखको क्यान्सरको कारण हुनसक्ने मन्त्रालयले जनाएको छ । सुर्तीजन्य पदार्थले क्यान्सर बनाउने हजारौं रसायन बनाउने र ४५ तत्व सिर्जना गर्ने भएकाले मुखको क्यान्सर हुने सम्भावना हुन्छ । रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने जनाएको मन्त्रालयले पोषणको कमी आइरन, भिटामिन ए, ई र सी को कमी पनि मुखको क्यान्सरको कारण रहेको जनाएको छ ।

दाँतको समस्या, फोहोर मुख, विभिन्न भाइरलको संक्रमण, ब्याक्टेरिया र फङ्गल संक्रमणले पनि मुखको क्यान्सर गराउन सक्छ । सूर्यको प्रकाशबाट आउने अल्ट्राभाइलेट विकिरण र एक्सरेले पनि मुखको क्यान्सर हुने उच्च सम्भावना हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुखको क्यान्सरका रोकथामका उपाय
समयमै उच्च सावधानी अपनाए मुखको क्यान्सरको रोकथाम पनि गर्न सकिन्छ । मुखमा भएका परिवर्तन, घाउ खटिरा, दाग सजिलैसँग निदान गर्न सकिने मन्त्रायले जनाएको छ ।

सूर्तिजन्य पदार्थ र मद्यपान सेवन नगरे, संक्रमण भए उपचार गरेमा दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहन सकेमा, राम्रोसँग मुखको सफाई तथा बेलाबेलामा कुल्ला गर्ने गरेमा, दाँतको समस्याको बेलैमा उपचार गरेमा मुखको क्यान्सरबाट बच्न सकिने मन्त्रालयले जनाएको छ । सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने, अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआएमा मुखको क्यान्सरको उचच जोखिमबाट बच्न सकिने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved