काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद भवनको शंकर हलमा बैठक शुरु भएको हो । बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । संसद बैठक शुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक बसेको हो । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ । बैठका सभामुख अग्नीप्रसाद सापकोटा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुलगायतको सहभागिता छ ।
यसअघि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन र एमसीसी टेबल गर्न सभामुख सापकोटालाई टेलिफोन गरेर आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकमा एमसीसी टेबल गर्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved