प्रदेश एकमा बन्दको प्रभाव न्यून, झापामा चार बन्दकर्ता पक्राउ

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जन गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले आह्वान गरेको बन्दको प्रभाव प्रदेश एकमा न्यून देखिएको छ।

बिहानैबाट विराटनगर,धरान, इटहरी, दमक, बिर्तामोडबाट लामो तथा छोटो दुरीका सावरी साधनहरू निर्बाध रूपमा चलिरहेको छन्। विराटनगरमा शैक्षिक संस्थाहरू बन्द छन् भने बजार तथा पसलहरू नियमित झैँ खुला छन् ।

यसैबीच झापामा बन्द गराउन खोज्ने चार जना बन्दकर्ता पक्राउ परेको झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना रहेका छन् ।

पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाठकले बताए ।

कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना र काँकडभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए ।

कालीखोलाबाट विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेकोमा एक जना बिरामी भएकाले छोडिएको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved