बानेश्वरमा ‘नो एमसीसी’ भन्दै प्रदर्शन भइरहदा माइतीघरमा ‘वेलकम’ भन्दै मोटरसाइकल र्‍याली

  • फाल्गुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) को विरोधमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन भइरहँदा माइतीघरमा भनेर यसको समर्थनमा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको आयोजनामा आज बुधवार अनामनगरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । बिहान ११ बजेदेखि शुरु भएको एमसीसीविरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ ।

संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपका तीन प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् भने १३७ जना पक्राउ परेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो । सो क्षेत्र अहिले शान्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved