सुन्दरहरैचा सामूहिक बलत्कार प्रकरण :तीन जना अभियुक्त विरुद्ध मुद्दा दायर

  • फागुन ५, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । मोरङको एक महिलालाई माथि भएको सामूहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ । बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जी विरुद्ध ‘जवरजस्ती करणी’ मुद्दा बुधबार मोरङ अदालतमा अभियोग दर्ता गरेको हो ।

इलका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गरेकोे अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । प्रतिवादीहरुको अदालतमा बयान सकिएपछि बिहीबार थनेछक बहस हुने भएको छ ।

गत माघ ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा एकजना महिलामाथि पक्राउ परेका तीनै जनाले पालैपालो बलात्कार गरेको आरोप छ । रातभर होटलमा राखेर उनीहरुले ती महिलालाई बलत्कार गरेको भोलीपल्ट घटना बाहिर आएको थियो ।

सुनसरीको इटहरीबाट बहिनीको घर फर्कदै गरेकी महिलालाई नियन्त्रणमा लिएर होटल पु¥याउँदै रातभर कोठामा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । बाहिनीको घर जाने बाटो बिर्सिएपछि सोधीखोजी गर्ने क्रममा गछियानजिकबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु¥याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

होटल सञ्चालक अर्जुन मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी हुन् । उनीविरुद्धको मुद्दा सुनसरी अदातलमा विचाराधीन छ । फरार भनिएका अर्जुनले भने बूढीखोलाबाट डेढ किलोमिटरपूर्व बलियामा होटल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved