सनम शाक्य हत्या प्रकरण : थप एक जना अभियुक्त पक्राउ

  • फागुन ५, २०७८
  • कालापानी मिडिया
alt

इटहरी। मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा सुन तस्करीको अभियोगमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ घर भएका ३९ वर्षीय सन्दिप खड्का रहेका छन् । उनलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याइएको मोरङका प्रहरी प्रमुख जनार्दन जिसिले जानकारी दिए । खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ ।

उनलाई आजै अदालतमा पेस गरिएको छ । खड्कासँग अदालतले बिहीबार बयान लिनेछ । जिल्ला अदालत मोरङले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । ५६ अभियुक्तमध्ये अदालतले सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएका आठ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा आठ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । त्यसको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved