काठमाडौं। काठमाडौंको बालाजुमा मिनीबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।सडकमा पैदल हिँडिरहेका यात्रुको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी एक महिला रहेकी छिन्।
बालाजुको गंगा हल अगाडि बाटो काट्ने क्रममा विहान ६ बजे मिनीबसले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई ठक्कर दिएर चालक बस लिएर फरार भएका छन्। ट्राफिक प्रहरीका अनुसार बस र बस चालक फरार रहेको र बस नम्बर पनि खुलेको छैन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved