देउवासामु प्रचण्डको नयाँ शर्त, एमसीसीमा मध्यमार्ग

  • फाल्गुन ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासंग आगामी तीन तहको निर्वाचनमा गठबन्धन बनाएर नै जाने ग्यारेण्टी गर्नुपर्ने नयाँ प्रस्ताव गर्ने भएका छन्।

एमसीसी पारित गराउन मध्यमार्गी बाटो खोज्ने तर त्यसका लागि निर्वाचनसम्मै गठबन्धन जानुपर्ने प्रस्ताव आज बस्ने गठबन्धनको बैठकमा राख्ने भएका छन्। तर, यस्तो ग्यारेन्टी नभएको अवस्थामा आफ्नो दलका मन्त्रीहरुलाई आवश्यकता परे तत्काल पद छोड्न तयार भएर बस्न निर्देशन दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर बालकोटको वार्दलीमा पठाउँदा बनाएको नेपाली कांग्रेससँगको गठबन्धन आगामी तीन तहकै निर्वाचनसम्मलाई टिक्ने हुनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले बेसमयमै एमसीसीको लफडा झिकेकाले गठबन्धनमा अप्ठेरो आएको पनि प्रचण्डले बताएका छन्।

फागुन ५ गते आफ्ना सांसदहरु तथा मन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गठबन्धानमा सहमति बेगर एमसीसी संसदमा टेवल हुनु नहुने र भए पार्टीले विपक्षमा मतदान गर्ने, एमालेको होहल्ला र नारावाजीमा टेवुल गरेर एमसीसी पारित भएको घोषणा गर्न नमिल्ने र यस्तो अवस्था आए गठबन्धनबाट पार्टी वाहिर आउने जानकारी मन्त्री तथा सांसदहरुलाई दिएका थिए।

उनले ‘आवश्यकता परे तत्काल पद छोड्न तयार हुनुपर्ने’ वाक्यांश प्रयोग गरेकाले गठबन्धन नटुट्ने र देउवासँग नयाँ समझदारी हुनसक्ने विश्वास माओवादी मन्त्रीहरु रहेका छन्।  एकमन्त्रीका अनुसार, आज अपरान्ह बस्ने सत्ता गठबन्धनको बैठकमा प्रचण्डले तीन तहको निर्वाचनसम्मै गठबन्धन गरेर जाने ग्यारेन्टी देउवाबाट खोज्ने भएका छन्।

देउवाले त्यसरी ग्यारेन्टी गरे भने एमसीसीलाई कुनै बाटो निकालेर पारित गर्न सकिनेतर्फ प्रचण्डले संकेत गरेका थिए। तर, त्यो ग्यारेन्टी नभई बलमिच्याइ गरियो भने सरकार छाडेर सडकको मोर्चामा आन्दोलन शुरु गर्ने र त्यही आन्दोलनलाई चुनावसम्म लैजाने रणनीति प्रचण्डले बनाएका छन्।

एमाले अध्यक्ष केपी ओली जसरी पनि गठबन्धन टुटाउन लागेकोले जसरी पनि गठबन्धन यथावत राख्ने चुनौति रहेको भन्दै एमसीसीमा मध्यमार्ग खोज्न सकिने कुरामा देउवालाई कन्भिन्स गराउने प्रयासमा प्रचण्ड लागेका छन्। तर, उनले भनेको मध्यमार्ग के हो त्यो भने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved