पर्सा प्रहरीमा प्रहरी उपरीक्षक गंगा पन्त, सुरक्षामा कडाई, तस्करहरुबीच खैलाबैला

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा हालै पुगेकी प्रहरीउपरीक्षक गंगा पन्तले बीरगन्जमा शान्ति सुरक्षालाई ध्यानमा राखेर चेकजाँचमा कडाई गरेकी छिन् ।

प्रहरी उपरीक्षक पन्तले जिल्ला ट्राफिकलाई निर्देशन दिदै बीरगन्जका आसपास र ग्रामिण भेगमा गुड्ने मोटरसाइकल विभिन्न स्थानहरुमा ब्लुबुक, लाइसेन्स र अन्य गतिबिधिका बारेमा कडाइका साथ लाग्न निर्देशन दिएपछि जिल्ला ट्राफिक कार्यालयबाट चेकजाँच सुरु गरिरएको छ। मोटरसाइकलमा सवार आफ्नो लाइसेन्स र ब्लुबुक नभएका ब्यक्तिहरुले उच्च पदका ब्यक्तिहरुलाई भनसुन गर्दै उन्मुक्ति पाइरहेपनि प्रहरी उपरीक्षक पन्तले शान्ति सुरक्षामा खलल पु¥यान खोज्नेलाई काबार्ही गर्न कुनै कसर नराख् बताइन् । उनले सुरक्षाको पाटोमा राजनीति नगर्न पनि नेता तथा कार्यकर्ता संग आग्रह गरिन ।

85045092_502890607300093_4076730434208137216_n

यता, पन्तको आगमन सँगै शान्ति सुरक्षामा सुधार आउने आम नागरिकको बुझाईरहेको छ। महिला प्रहरी प्रमुखको रूपमा एसपी पन्तले कार्यभार सम्हालेपछि महिला हिंसा न्यूनीकरण र तस्करी नियन्त्रण हुनेमा पनि पर्सेली जनताले अपेक्षा गरेका छन्। पन्तको आगमन सँगै वीरगंञ्जमा खुलेआम धन्दा गरिरहेका तस्करहरुबिच खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved