काठमाडाैं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि एमसिसी टेबुल नहुने भएको छ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने प्रस्ताव उल्लेख नगरिएको संसद् सचिवालयले जनाएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७ । ७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव रहेको सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान पर्ने बताइएको छ । अहिलेसम्म एमसिसीको विषयमा सत्तारुढ गठबन्धनमा एमसिसीको विषयमा सहमति जुट्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved