विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ५ मा रहेको एकतारा आधरभूत विद्यालयका शिक्षक बलात्कारआरोपमा पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षिय कालुराम खवास जवरजस्ती करणाी आरोपमा बिहीबार पक्राउ परेका हुन् ।
स्थानिय एकतारा आधरभूत विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलात्कार गरेको आरोप छ । जवरजस्ती करणाी आरोपमा पीडितले दिएको जाहेरी आधारमा इलका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका खवासले पुस १२ गते बलात्कारगरेको आरोप छ ।
बलात्कार गरेको आरोप लागेको शिक्षक खवासले ती महिलाको ७ लाख रुपैयाँ लगेको जाहेरीमा उल्लेख गरेकी छिन् । पक्राउ परेको खवासले ती महिलासँग भएको विभिन्न मितिमा ७ लाख रुपैयाँ रकम लगेको बताएकी छिन् । ती महिलाको श्रमान वैदोशिक रोजगारमा छन् । श्रीमानले पढाएको पैसाँ शिक्षक खवासले लगेको आरोप लगाएकी छिन् । पक्राउ परेका खवासलाई इप्रका रंगेलीले बिहीबार मोरङ अदालतमा जवरजस्ती करणाी म्याद थप गरि अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved