ब्याटरहरुको खराब प्रदर्शनमा नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

  • फाल्गुन ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत जारी खेलमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ।​ब्याटरहरुले खराब प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर नेपाल उक्त स्कोरमा खुम्चियो। 

नेपालका लागि आरिफ सेखले सर्वाधिक ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाएपछि नेपाल उक्त स्कोरमा पुगेको हो। त्यसअघि नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो। 

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। यस्तै तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ रन जोडे। १५ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी १८ बलमा एक चौका प्रहार गर्दै ११ रन जोडे। उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।

त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ रनमै आउट भए। कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।ओमानका खावर अलीले ३ तथा बिलाल खानले दुई विकेट लिए। त्यसबाहेक फइज बट, जसिम मक्सुदले एक एक विकेट लिए।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनलबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। ओमानको अल अमिरात मैदानमा जारी खेलमा नेपालले यस खेलमा शरद भेषावकर, सागर ढकाल, गुलशन झा पनि बेन्चमा छन्। 

नेपालको सुरुवाती-११ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम छन्।ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोली हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved