इनरुवाका मनोज मेहता नेकपा एमाले प्रवेश

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

 इनरुवा ।  व्यवसायी तथा युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्नुभएको हो ।     नेपाली काँग्रेस तथा तत्काकालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रि पार्टीको राजनितिमा विगत लामो समय देखी सक्रिय मेहता शुक्रबार औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुन् । 

सानै उमेर देखि नै पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिक सभापति स्व.गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता बिजय गच्छदारसँग नजिक रहेर काम गर्नुभएका मेहता औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुुन् ।  उनी बिजय गच्छद्धारसँग निकट मानिन्थे । तर, पछिल्लो समय काँग्रेस पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका हुन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको  मेयर पदमा उम्मेदवार बन्दा लोकप्रिय मत ल्याउन सफल बनेका इनरुवाका युवा नेता मनोज कुमार मेहता अहिले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेपछी उनि एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने चर्चा सूरु भएको बुझिईएको छ ।

पुर्व कृषि राज्य मन्त्रीका छोरा मनोज मेहताले  नेकपा एमाले प्रवेश गरेपछि सुनसरी इनरुवामा उनको चर्चा सुरु भएको हो । मेहता राजनीतिसङै सामाजिक क्रियाकलापमा प्रत्यक्ष संलग्न रहेका मेहताले आउदो स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेबाट इनरुवाको मेयरको टिकट पाउने निश्चित जस्तो भएको देखिएपछी अन्य दलका उम्मेदवारलाई चुनौती थपिएको छ । नेकपा एमाले सुनसरीले समेत उनलाई भब्य स्वागत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved