काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको रियल मड्रिडले सात अंकको अग्रता कायम गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसलाई ३-० ले पराजित गरेर अग्रता बढाएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले तीनै गोल दोस्रो हाफमा गरेको हो । दुई गोलका लागि सहयोग गरेका करिम बेन्जिमाले इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर जित दिलाएका हुन् ।
त्यसअघि उनले ६३ औँ मिनेटमा एसेन्सिओ र ८० औँ मिनेटमा भिनिसिअस जुनिअरलाई गोलका लागि सहयोग गरेका थिए ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २५ खेलबाट ५७ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको सेभिल्लाको ५० अंक छ ।
शनिबार राति नै भएको खेलमा ओसासुनालाई ३–० ले पराजित गरेको एथ्लेटिको मड्रिड २५ खेलबाट ४२ अंकसहित चौथो स्थानमा छ । अरु खेलमा भिल्लारियलले ग्रानाडालाई ४–१ ले पराजित गर्दा काडिज र गेटाफेले १-१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved