जनगणनामा नसमेटिएको भन्दै तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायको आपत्ति

  • फाल्गुन ८, २०७८
  • कालापानी मिडिया
alt

झापा । राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ९तेस्रो लिङ्गी तथा समलिङ्गी० समुदायका नागरिकले आपत्ति जनाएका छन् ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको भए पनि आफूहरु नसमेटिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

सरकारले सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई नागरिक सरहको व्यवहार नगरेको भन्दै सरकारसँग उनीहरुले ११ बुँदे मागसमेत अघि सारेका छन् ।

सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ९तेस्रो लिङ्गी तथा समलिङ्गी० समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्बोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।

सम्वाद समूह झापाको संयोजनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्बोधनका लागि तीनै तहका सरकार र राजनीतिक दललाई आग्रह गरे ।

उनले समस्या समाधानमा पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रको पनि ध्यानाकर्षण गराएका छन् ।

सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकले अघि सारेका ११ बुँदे मागमा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने सबै खाले विभेदको अन्त्य गरी महिला, पुरुषसरह सम्मानजनक रुपमा बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गरिनु पर्ने, लुकेर बसेका सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई आफ्नो अस्तित्व र पहिचान दिलाएर स्वतन्त्र जीवन जीउन सक्ने वातावरण सिर्जना गरिनुपर्ने रहेका छन् ।

विद्यालयमा हुने विभेद र अपमान अन्त्य गरी अन्य विद्यार्थी सरह सम्मानजनक रुपमा पठनपाठनका लागि व्यवस्था गरिनुपर्नेलगायत मागअघि सारिएको छ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिक बञ्चित रहँदै आएकाले तत्काल स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाउन सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था उनले माग गर्नुभयो ।

झापामा मात्रै करिब १८ देखि २० हजारको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको लीड नेपालकी कार्यक्रम संयोजक चञ्चलाले बताइन् ।  

देशभर आठ लाखको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्पर्कमा रहेको र यो सङ्ख्या कैयौँ गुणा बढी रहेको नीलहिरा समाजकी आनिक राना मगरले बताइन् ।  

पत्रकार सम्मेलनमा केही समय अघि समलिङ्गी विवाह गरेका झापा बुद्धशान्तिका अनिल कोइराला र मेचीनगरका सुरज खत्रीले उमेर पुगेर मन मिलेर विवाह गरे पनि आफूहरुलाई परिवार र समाजले साथ नदिएको दुःखेसो पोख्नुभयो ।

नव विवाहित समलिङ्गी जोडीले आफ्नो जोडीलाई परिवार र समाजले साथ दिनुपर्ने बताउनुभएको थियो । हाल आफूहरु विभेद र हिंसाको शिकार भएको उहाँहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved