५० वर्षीया महिलाले गरिन् प्रेमीसँग मिलेर पतिको हत्या

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । दाङमा एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको छ। राप्ती गाउँपालिका ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीलाई प्रहरीले पतिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उमादेवीसँगै प्रहरीले उनका प्रेमी ५२ वर्षीय हनुमान चौधरीलाई पनि पक्राउ गरेको छ।

उमादेवीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी  हराएको भन्दै यही फागुन ५ गते प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन्। 

आफ्ना पति लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काम गर्न भनेर गढवा गाउँपालिका ३ गोवरडिया जान्छु भनेर गएपछि घर नर्फिएको भन्दै खोजी गर्न प्रहरीमा निवेदन दिएकी थिइन्। खोजी गर्ने क्रममा फागुन ५ गते नै लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका(२ कोठरीस्थित राप्ती नदीमा फेला पारेको थियो। 

गाउँले तथा आफन्तले लप्टेनको हत्या भएको आशंका गरेपछि प्रहरीले थप अनुसन्धान गर्ने क्रममा आफ्नै पत्नीको योजनामा उनको हत्या भएको खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए। 

छिमेकीका अनुसार उमादेवी र उनका पतिको बीचमा राम्रो सम्बन्ध थिएन। उमादेवीको अर्कै व्यक्तिसँग यौन सम्बन्ध रहेको आशंका पतिमा थियो।पर पुरुषसँगको सम्बन्धको विषयमा पतिपत्नीबीच बेलाबेलामा झगडा पर्ने गरेको स्थानीयले बताएका छन्।

उमादेवीले प्रेमीसँग मिलेर पति लप्टेन हत्या गरेको तथ्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दए।  

एसपी काफ्लेका अनुसार माघ २९ गते लप्टेनले पत्नी उमादेवीलाई ज्यानमार्ने धम्की दिँदै कुटपिट गरेका थिए। आफूमाथि हातपात गरेको भनेर उमादेवीले हनुमानलाई जानकारी गराएपछि उनी लप्टेनको घरमै पुगेका थिए। 

मदिराको नशामा रहेका लप्टेनलाई हनुमानले कुटपिट गरेर हत्या गरेका दाबी प्रहरीले गरेको छ। ‘नशामा लठ्ठ रहेका लप्टेनलाई पत्नीसँगको सल्लाहअनुसार माघ २९ गते राति उनकै घरमा गएर हनुमानले छातीमा हिर्काएर तथा घाँटी थिचेर हत्या गरेको खुलेको छ,’ एसपी काफ्लेका अनुसार लप्टेनको हत्यापछि हनुमानले मध्यरातमा आफैंले  शव बोकेर राप्ती नदीमा लगेरफालेको स्वीकार गरेका छन्।’ 

हत्यापछि प्रेमीसँगको सल्लाहअनुसार उमादेवीले पति लप्टेन बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन फागुन ५ गते निवेदन दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved